‘सहकारीका समस्या समाधान गर्न सहकारीमा शुद्धीकरण गर्नुको विकल्प छैन’

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका समस्या समाधान गर्न शुद्धीकरणमा जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।  

नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष ढकालले सुशासन र सहकारीको मर्यादामा नबस्ने सहकारीलाई शुद्धीकरण गरेर जाने प्रतिबद्धता आफूले पहिलो बैठकमा नै गरेको बताए । अध्यक्ष ढकालले सहकारीका सदस्य र नेतृत्वले सुशासन र सहकारीको मर्यादा भन्दा बाहिर गएर सम्झौता नगर्ने प्रतिबद्धतासहित नयाँ ढङ्गमा अगाडि बढ्ने बताए । 

उनले सहकारीको शुद्धीकरणमा गए मात्रै पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने दाबी गरे । ढकालले सहकारीको क्षेत्रभित्र सम्भावना धेरै रहेको उल्लेख गरे । उनले सहकारी भित्र आएका समस्या व्यक्ति विशेषको कारण आएको भन्दै सहकारी अभियान र नेतृत्वमा त्यस्तो समस्या नभएको दाबी गरे । 

ढकालले केही नम्बरमा गन्न सकिने सहकारीको लगानी र प्रकृति हेर्दा सहकारी संस्था भन्न नसकिने भएकाले त्यस्ता सहकारीलाई शुद्धीकरणको माध्यमबाट पृथकरूपमा सहकारी अभियान अगाडि बढाउने बताए । उनले वचत तथा ऋण सहकारीभित्र धेरै नम्बर रहेकाले त्यहाँ भएका नम्बर भित्र शुद्धीकरण गरी वचत तथा ऋण सहकारी संस्थाले नै सुशासनको प्रत्याभूति दिनेगरी सहकारीका मूल्य मान्यतामा हिँड्न आवश्यक रहेको बताए । 

उनले अब पनि सहकारीको मान्यतामा भएका सहकारी हिँड्न नसक्ने परिस्थिति भए ठूलो संकट आउने अवस्था रहेको भन्दै सहकारी सुधार हुनुको विकल्प नभएको बताए । ढकालले भूकम्प, युक्रेन—रसियाको युद्ध,कोभिड महामारी सबैभन्दा ठूलो असरको कारण रहेको र बजारमा तरलता अभावको कारणले पनि सहकारीमा प्रभाव परेको बताए ।  





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार १२:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया