अनियमितता भएका सबै घटना छानबिन गर्छौँ, मधेसलाई भ्रष्टाचारमुक्त बनाउँछौँ : मुख्यमन्त्री यादव
फाइल तस्बिर

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाइने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रममा प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन अभियान थालिने बताएका हुन् । 

मुख्यमन्त्री यादवले अनियमितताको अनुसन्धान गर्ने क्रममा प्रदेश सरकारको सय प्रतिशत सहयोग रहने उल्लेख गरे । उनले अनियमितताको घटनामा छानबिन गरेर कारबाही गर्ने बताए । आगामी आर्थिक वर्षमा स–साना योजना र उपभोक्ता समितिमार्फत योजना सञ्चालन नगरिने सो अवसरमा मुख्यमन्त्री यादवले जानकारी दिए । 

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सामूहिकरुपमै सुशासन कायम हुनसक्ने उल्लेख गर्दै सुशासनको पहिलो विगुल संघ, प्रदेश र स्थानीय सरकारले फुक्नुपर्ने आवश्यकता औँल्याए । उपभोक्ता समितिमा ठूलो विकृति आएको चर्चा गर्दै उनले उपभोक्ता समिति विचौलियाका रुपमा देखिएको धारणा राखे ।  





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार १३:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया