परिसूचक नेप्से ८.७१ अंकले घट्याे

बिहीबार सेयर बजारको परिसूचक नेप्से ८.७१ अंक घटेको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २०४९ विन्दुमा कायम भएको छ । 

नेप्से घट्दा कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४ करोडको कारोबार भएकोमा बिहीबार ५ अर्ब ५८ करोडको भएको छ । कुल ११३ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ५ को स्थिर रह्यो ।

समग्र बजार घट्दा ब्यापार समूह २.३, हाइड्रोपावर १.८ र लगानी समूह १.१ प्रतिशत बढ्यो । टेलिकम सूचीकृत अन्य समूह भने सबैभन्दा धेरै ३.७ प्रतिशत घट्यो ।

बैंकिङ ०.५, विकास बैंक ०.८, फाइनान्स ०.९, होटल तथा पर्यटन ०.४, जीवन बीमा १.२, उत्पादन ०.६, माइक्रोफाइनान्स ०.३ र निर्जीवन बीमा ०.९ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कालिका पावर, सिंगटी हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।





  • प्रकाशित मिति : पुस १९, २०८० बिहीबार १५:३५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया