logo-img

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ किनबेच ?

साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुन पनि प्रतितोला सात सय रुपैयाँले नै घटेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो । 

यस्तैगरी, चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेर सोमबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 







  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार १०:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया