logo-img

रुकुमपूर्वमा मह उत्पादन दोब्बरले वृद्धि

रुकुमपूर्वमा यो वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । यो वर्ष १ हजार ७ सय मौरीका गोलाबाट १२ सय मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्व कार्यालयले गरेको छ ।

गत वर्ष जिल्लामा १२ सय मौरीका गोलाबाट ६ सय मेट्रिक टन मात्र मह उत्पादन भएको कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी जानकारी दिए । 

अझै पनि किसानको मह निकाल्ने काम जारी रहेकाले उत्पादन बढ्ने उनले बताए । उत्पादित महको ८० प्रतिशत मात्र बिक्री भए एक करोड १५ लाख २० हजार जिल्लामा आम्दानी हुने ‍कार्यालयले जनाएको छ ।



सिस्ने–३ मा मात्रै यो याममा ९० लाख रुपैयाँको मह उत्पादन भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिए । यो क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौंलगायत सहरमा पुग्ने गरेको छ ।

एक किलो मह १ हजार २ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको जनाइएको छ । रासस  





  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार १२:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया