राष्ट्रिय सभा सदस्य निर्वाचन : जसले टिकट पाएर पनि उम्मेदवारी दिएनन्

राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट टिकट पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन नै दर्ता गराएनन् । 

सो पार्टीले सुदूरपश्चिमबाट महिला समूहमा जनककुमारी कुवँर, अन्य समूहमा रोम स्वाँर र अपांगता समूहमा जयकृष्ण बोहरालाई टिकट दिएको थियो । राप्रपाका प्रदेश महासचिव छत्र शाहीले टिकट पाएका उम्मेदवारले मतभार नहुँदा उम्मेदवारी नदिएको बताए । 

‘प्रदेश कार्यसमितिले राष्ट्रिय सभाको रिक्त हुन लागेको पदनमा हुन लागेको निर्वाचनका लागि टिकट दिन केन्द्रमा सिफारिस गरे बमोजिम केन्द्रले पनि टिकट दिएर पठाएको थियो,’ उनले भने, ‘प्रदेशसभामा एक जनाबाहेक पालिका तहमा मतदाता नहुँदा टिकट पाएकाले उम्मेदवारी दिन नगएको जानकारी आएको छ ।’  





  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार २२:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया