logo-img

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा विगन एथलेटिकलाई २–० गोल अन्तरले हराउँदै युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको हो । 

युनाइटेडको जितमा डिआगो डिलोट र ब्रुनो फर्नान्डेजले एक/एक गोल गरे । २२ औँ मिनेटमा युनाइटेडका मार्कस रासफोर्डको पासमा डिलोटले गोल गर्दै अग्रता दिलाए । 

७२ प्रतिशत बल आफ्नो नियन्त्रणमा युनाइटेडले राखे पनि दोस्रो गोल गर्न भने ७४औँ मिनेट कुर्नु परेको थियो । ​विगन एथलेटिकका खेलाडीले गल्ती गरेपछि पाएको पेनाल्टीमा युनाइटेडका फर्नान्डेजले गोल गर्दै २–० को जित पक्का गरे ।





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार ८:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया