logo-img

रामबहादुर बम्जनको घरमा भेटियो ३ करोडभन्दा बढी नगद
फाइल तस्बिर

मंगलबार पक्राउ परेका रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको हो ।  

यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप पनि बरामद भएको सीआईबीका एक उच्च अधिकारीले जनाएका छन्। बम्जन मंगलबार साँझ काठमाडौंको बुढानिकण्ठबाट पक्राउ परेका थिए । ​

बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ ।  







  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार १०:४३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया