कारबाओ कपमा फुलहमविरुद्ध लिभरपुलको सहज जित

काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा लिभरपुल विजयी भएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले फुलहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन कर्टिस जुलियन र कोडी गाक्पोले एक/एक गोल गरे । फुलहमका विलियनले गरेको गोल अन्त्यमा सान्त्वनामा परिणत भयो ।

१९ औँ मिनेटमा विलियनले आन्द्रेस परेराको पासमा गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । १ गोलले पछि परेको लिभरपुलले ६८ औं मिनेटमा बराबरी गरेको थियो । नुनेजको पासमा कार्टिस जुलियनले गोल गरेका थिए । 

नुनेजको पासमा ७१ औँ मिनेटमा कोडी गाक्पोले गोल गरेपछि २–१ को अग्रता दिलाए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै लिभरपुलले सेमिफाइनलको पहिलो लेगमा २–१ को जित निकाल्न सफल भयो । 

अब दोस्रो लेग २५ जनवरीमा हुने छ । उक्त लेगमा बराबरी खेल्दा पनि लिभरपुल फाइनलमा पुग्दा फुलहमले भने फराकिलो जित निकाल्नु पर्नेछ ।





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार ८:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया