logo-img

बिपी प्रतिष्ठानमा हर्क साम्पाङको ताला, उपकुलपतिलाई घिसार्दै निकाल्ने चेतावनी

धरान उपमहानगरका मेयर हर्क साम्पाङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपतिको राजीनामा माग गरेका छन् । 

मेयर साम्पाङले प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सोमबार उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

लगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साम्पाङले उपकुलपतिलाई ढिलो नगरी निकास दिन भनेका छन् । उनले आफूले लगाएको ताला नखोल्न चेतावनी दिँदै आवश्यक परे आफैँ खोल्ने बताएका छन् ।



त्यसअघि उनले कार्कीलाई राजीनामा नदिए घिसारेर निकाल्न नपरोस् भन्दै चेतावनी दिएका थिए । उनले लेखेका थिए, ‘बिपी अस्पतालको भिसी लुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है ।’





  • प्रकाशित मिति : माघ १, २०८० साेमबार २२:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया