गाजा युद्धका सय दिन : संयुक्त राष्ट्र प्रमुखद्वारा युद्धविराम गर्न पुनः आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार गाजामा द्वन्द्व सुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुनः आह्वान गरेका छन् । गाजामा भएका अत्याचारहरूबाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय संकटलाई जटिल बनाउँदै लगेको बताए । 

उनले लाल सागर र त्यसभन्दा बाहिर पनि तनावहरू बढिरहेकोले भन्दै चाँडै युद्धविराम गर्न आह्वान गरे । उनले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताए । महासचिव गुटेर्रेसले इजरायल र लेबनान बीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने बताए । द्वन्द्व सुरु भएको एक सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको बताए । 

गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदमहरू भए पनि जीवन बचाउने राहत मानिसहरूलाई आवश्यक परेको मात्रामा उपलब्ध हुन नसकेको बताए । महासचिव गुटेर्रेसले भोकमरीको लामो छायाँले गाजाका मानिसहरूलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा परेको बताए ।   

हमासले गरेको हिंसालाई कुनै पनि कुराले न्याय दिन नसक्ने उनको भनाइ छ । 





  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार १२:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया