फोनबाट मेयरलाई धम्की दिएको आरोपमा युवक पक्राउ

बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहलाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ का ३६ वर्षीय भोला गिरी रहेका छन् ।

अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको भन्दै प्रमुख साहले प्रहरीमा जानकारी दिएका थिए । त्यसपछि प्रहरीले विभिन्न माध्यमबाट धम्की दिने व्यक्तिको पहिचान गर्न सफल भएको थियो । 

गिरीलाई कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १४:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया