आर्मीलाई हराउँदै एपिएफ टाइगर कप भलिबलको फाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रोपटक टाइगर कप भलिबलको फाइनलमा पुगेको छ । पोखरामा जारी पहिलो सेमिफाइनलमा नेपाल आर्मीको त्रिभुवन क्लबलाई ३–२ को सेटमा हराउँदै एपिएफ फाइनलमा पुगेको हो ।

टाइगर कपमा दोस्रो र तेस्रो संस्करणको च्याम्पियन एपिएफले बिहीबार सुरुका दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिएको थियो । पछिल्ला तीन सेटमा उत्कृष्ट प्रदर्शन गर्दै एपिएफले २५–१३, २५–१६ र १५–१३ ले जित हासिल गरेको हो ।

प्रतियोगितामा दोस्रो सेमीफाइन चन्द्रागिरि न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीच हुनेछ । अब एपिएफले महिलातर्फ उपाधिका लागि चन्द्रागिरि र पुलिसबीचको विजेतासँग खेल्नेछ । 





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १४:३९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया