logo-img

भियतनाममा श्वासप्रश्वाससम्बन्धी रोग फैलिने खतरा

भियतनामको स्वास्थ्य मन्त्रालयले चन्द्रमासको नयाँ वर्ष अगाडि श्वासप्रश्वाससम्बन्धी रोग फैलिने चेतावनी दिएको छ । अन्तर देशीय यात्रा र व्यापारिक गतिविधिले सङ्क्रामक रोक थप फैलिन सक्ने भन्दै सीमानाकाहरूमा मेडिकल सुपरिवेक्षणलाई तीव्रता दिन स्थानीय अधिकारीहरूलाई आग्रह गरेको छ । 

ज्वरो र इन्फ्लुएन्जाका नयाँ संस्करणको बढ्दो सङ्क्रमण देखिएसँगै मन्त्रालयले सम्बन्धित पक्षलाई सचेत रहन आग्रह गरेको छ । 

विशेष गरी बिदाको समयमा सीमा नाकामा शंकास्पद लक्षण देखिएकालाई कडाइका साथ निगरानी गर्दै  प्रारम्भिक निदान र क्वारेन्टाइनमा राख्न आग्रह गरिएको छ ।



विगत दुई हप्तामा हनोईका अस्पतालहरूमा श्वासप्रश्वासका बिरामी बढेका छन् । राष्ट्रिय बालरोग अस्पतालमा दैनिक १०० देखि १५० जना फ्लु भएका बालबालिका आउने गरेका छन्  जसमध्ये १५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका रहेको चिकित्सकहरूले बताएका छन् । 





  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार २०:५२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया