अफ्रिका कप अफ नेशन्समा एंगोला विजयी

अफ्रिका कप अफ नेशन्समा एंगोला विजयी भएको छ । शनिबार राति भएको खेलमा एंगोलोले मौरी टेनियालाई ३–२ गोल अन्तरले पराजित गर्दै समूह डी मा शीर्ष स्थानमा पुग्दै अन्तिम १६ नजिक पुगेको छ । 

यही समूहमा रहेको बुर्किनाफासो र एल्जेरियाले बराबरी खेलेका थिए । ३० औं मिनेटमा एंगोलाले अग्रता लिएको थियो । ज्याकिन्टन डालाले गोल गर्दै अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा मौरीटेनियाका सिदी अमारले बराबरी गोल फर्काए ।

५० औं मिनेटमा ज्याक्टिन डालाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २–१ मा लगेका थिए । ५३ औं मिनेटमा डेभी मिगुएलले गोल गरेपछि अग्रता ३–१ पुगेको थियो । तर, ५८ औं मिनेटमा अबुबकारी कोएटाले मौरीटेनियाका लागि गोल गर्दै अन्तर ३–२ मा झारे पनि हार टार्न पर्याप्त भएन । शनिबार नै भएको खेलमा अल्जेरिया र र बुर्किना फासोले २–२ गोलको बराबरी खेलेका थिए ।

बुर्किना फासोले मोहमद कोन्टेको गोलको मद्दतले पहिलो हाफको अतिरिक्त समयमा अग्रता लिएको थियो । ५१ औं मिनेटमा अल्जेरियाका लागि बगदान बउनेदजाहले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएका थिए ।

७१ औं मिनेटमा पेनाल्टीमार्फत बेट्रान्ड टारोइले गोल गर्दै बुर्किनाफासोलाई २–१ ले अघि बढाए । दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा बगदादले व्यक्तिगत दोस्रो गोल गरेपछि अन्ततः दुवै टिमले २–२ गोलको बराबरी खेल्दै एक एक अंकमा चित्त बुझाए ।

यस्तै, समूह ई मा ट्युनेसिया र मालीले पनि एक एक गोलको बराबरी खेलेका छन् । लासिन फेन्टा सिनायोकोले १० औं मिनेटमा गोल गर्दै मालीलाई अग्रता दिलाएका थिए । तर, २० औं मनिेटमा ट्युनेसियाका लागि हाम्जा रफियाले गोल गरेपछि खेल बराबरीमा आयो । त्यसपछि थप गोल नहुँदो दुवै टिमले एक एक अंक लिए ।



समूह ई मा माली ४ अंकका साथ शीर्ष स्थानमा रहँदा ट्युनेसिया १ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
 



  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार ८:५५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया