अन्तिम टी–२० मा पाकिस्तान विजयी

न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–२० सिरिजमा पाकिस्तान विजयी भएको छ । सिरिजको अन्तिम तथा पाँचौं खेलमा ४२ रनको जित निकालेपछि क्लिनस्वीप हुनबाट जोगिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाएको थियो ।

जवाफमा न्युजिल्यान्डको टोली १७.२ ओभरमा ९२ रनमै सिमित भयो । तर, यो हारका बाबजुद न्युजिल्याण्डले यो सिरिज ४–१ ले जितेको छ । उत्कृष्ट बलिङका लागि इफ्तिखार अहमद खेलको प्लेयर अफ द म्याच र फिन एलेन (२७५ रन) प्लेयर अफ द सिरिज चुनिए ।

पाकिस्तानका कप्तान शाहिन अफ्रिदीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । पाकिस्तानी टोलीले यो खेलमा युवा ब्याट्सम्यान साम अयुबलाई रोकेर उनको स्थानमा हसिबुल्लाह खानलाई डेब्यु गर्ने मौका दिएको थियो । तर उनी खाता नखोलेर आउट भए । त्यसपछि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ३८ बलमा ३८ रन बनाएर इनिङ्सलाई सम्हाले । बाबर आजमले मात्र १३ रन बनाउन सके । 

मध्यक्रममा फखर जमानले १६ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३३ रनको इनिङ खेले । यसबाहेक साहिबजादा फरहानले १४ बलमा १९ रन बनाएर टोलीलाई संघर्षपूर्ण स्कोरमा पुर्याए । न्युजिल्याण्डका टिम साउथी म्याट हेनरी र इश सोढीले दुई दुई विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको टोलीले नियमित अन्तरालमा विकेट गुमायो । कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन् । फिन एलेनले १९ बलमा २२ रन र ग्लेन फिलिप्सले २२ बलमा २६ रन बनाए पनि बाँकी ब्याट्सम्यान पूर्ण रूपमा फ्लप भए । जसको कारण टोली ९२ रन बनाएर आउट भएको थियो ।

पाकिस्तानका लागि कप्तान शाहिन अफ्रिदी र मोहम्मद नवाजले दुई दुई विकेट लिए । इफ्तिखार अहमदले मात्र २४ रनमा ३ विकेट लिए । विश्वकप २०२३ पछि कुनै पनि फर्म्याटमा पाकिस्तानको यो पहिलो जित हो । 





  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार ११:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया