logo-img

बागलुङमा एउटै पालिकामा १ सय ११ क्षयरोगी

बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शून्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ ।  

स्वास्थ्य कार्यालयले जिल्लाको बडिगाड गाउँपालिकामा सो सङ्ख्यामा क्षयरोगी फेला परेपछि उनीहरूको उपचार गर्न थालिएको जनाएको छ । कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले क्षयरोग निर्मूल पार्ने अभियानमा क्षयरोगको सम्भावना रहेको बडिगाडमा स्वास्थ्य शिविर गर्दा सो सङ्ख्यामा क्षयरोग देखिएको जनाउँदै उनीहरूलाई स्वास्थ्य कार्यालयको सम्पर्कमा राखेर उपचार थालिएको बताए ।

‘कार्यालयले क्षयरोग शून्यमा पार्ने अभियानअन्तर्गत खोजपड्ताल गरिरहेको थियो, जसमध्ये बडिगाडमा क्षयरोगी भेटिएपछि उपचारतर्फ लागेका छौँ’, घिमिरेले भने, ‘दुई हप्ताअघि गरेको शिविरमा ९८ जना फेला परेपछि हालसम्म धेरै स्थानमा गरेको परीक्षण र प्राप्त रिपोर्टका आधारमा बडिगाडभित्रै एक सय ११ जना क्षयरोगी भेटिएका छन्, उनीहरुमध्ये २६ जनामा सार्ने प्रकारको क्षयरोग भेटिएको हो ।’ 



उनका अनुसार लामो समयदेखि बडिगाडमा क्षयरोगी बढी भएको अनुमान गर्दै शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालयले गरिरहेको परीक्षणमा पनि यहाँ १८ जना क्षयरोगका बिरामी भेटिएका थिए । त्यसपछि बडिगाड गाउँपालिकाको पहल तथा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाको प्राविधिक सहयोगमा गरिएको क्षयरोग शिविरमा बढी क्षयरोगी भेटिएका हुन् ।

बडिगाडमा धेरै क्षयरोगी पहिचान हुँदा अन्यलाई सर्ने डर कम हुने गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । रासस 
 





  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार १५:४६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया