logo-img

१० करोड लागतमा वीरगञ्जमा होटल वृन्दावन सञ्चालनमा

वीरगञ्जमा सुविधा सम्पन्न होटल वृन्दावन सञ्चालनमा आएको छ । एक विशेष कार्यक्रमकाबीच वीरगञ्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले होटलको उद्‍घाटन गरे । 

वीरगञ्ज–४, दुई नम्बर रोड, कन्या स्कुलको सामुन्ने रहेको होटल वृन्दावन १० करोडको लागतमा तयार भएको हो । ५ तल्ले भवनमा ३० वटा आधुनिक इन्टेरियरमा तयार गरिएका आरामदायी रुम रहेको होटेल सञ्चालक पप्पु सरार्फले जानकारी दिए ।

होटलमा ग्राउन्ड फ्लोरमा पार्किङको सुविधा रहेको छ भने पहिलो तल्लामा रेस्टुरेन्ट, दोस्रो तल्लामा दुईवटा ब्यान्केट हल, एकवटा मिटिङ्ग हल रहेको रहेका छन् ।

‘नेपाली होटलमा पहिलोपटक हुनुपर्छ जहाँ हामीले ब्यान्क्वेटको इन्टेरियर पूर्णतः गोल्डेन शिशाका फ्लेक प्रयोग गरेका छौँ । यसले पार्टी भेन्यूलाई अझ रिच, ल्याभिस र सकारात्मक महसुस गराउनेछ,’ सञ्चालक अध्यक्ष सरार्फले भने ।

त्यसैगरी तेस्रो र चौथो तल्लामा बास बस्नको लागि एसी रुम रहेका छन् । ‘ब्रिटिस शैलीमा तयार गरिएको रेस्टुरेन्ट ओपन छ, यसमा पनि हामीले खाना अथवा खाजामा आउने ग्राहकलाई  २० प्रतिशत छुटको व्यवस्था गरेका छौँ । छुटको व्यवस्था आजैको मितिदेखि ६ महिनासम्मको लागि लागू हुनेछ,’ सर्राफले भने । 





  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार १५:३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया