अफगानिस्तानविरुद्ध नेपाललाई नवौँ सफलता, दीपेशले लिए कप्तानको विकेट
फाइल तस्बिर

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपाललाई नवौँ सफलता मिलेको छ । नेपाललाई नवौँ सफलता पनि स्पिनर दीपेश कँडेलले दिलाएका हुन् । उनले ३७.४ ओभरमा कप्तान नसीर खान मारोफखिलको विकेट लिए । त्यसअघि दीपेशले २०.३ ओभरमा अरब गुललाई शून्यमै आउट गरे । 

यस्तै, अफगानिस्तानको सातौं विकेट तिलकराज भण्डारीले लिए । उनले १७.३ ओभरमा एम एएम गजानफरलाई ३७ रनमा क्याच आउट गराए । त्यसअघि नेपाललाई आकाश चन्दले पाँच र गुलशन झाले एक सफलता दिलाइसकेका छन् । 

आकाश चन्द बने सर्वाधिक विकेटकर्ता

सर्वाधिक विकेट लिने मामलामा शीर्ष स्थानमा उक्लिएका छन् । शुक्रबार जारी समूह ‘डी’ को अन्तिम खेलमा अफगानिस्तानविरुद्ध ५ विकेट लिएसँगै उनी शीर्ष स्थानमा उक्लिएका हुन् । 

आकाशले तीन खेलमा सबैभन्दा बढी ८ विकेट लिएका छन् । उनले पाकिस्तानविरुद्ध तीन विकेट लिएका थिए । आकाश पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध भने विकेटविहीन भए । नेपालले जित्नैपर्ने खेलमा अफगानिस्तानविरुद्ध उत्कृष्ट बलिङ गरिरहेको छ । यो अवस्थासम्म आकाशले पाँच, गुलशन झा र तिलक भण्डारीले एक/एक विकेट लिएका छन् ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले यो समाचार तयार पार्दासम्म ३८ ओभरमा ९ विकेट गुर्मार .. रन बनाएको छ । सुपर सिक्स पुग्नका लागि नेपाल–अफगानिस्तानका लागि आजको खेल महत्वपूर्ण छ । जारी विश्वकपमा दुवै टिम पहिलो जितको खोजीमा छन् । 





  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १६:४१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया