नेपालसँग १४५ रनमै समेटियो अफगानिस्तान, आकाश चन्द एक्लैले लिए ५ विकेट

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ । 

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १ सय ४५ रनको अलआउट भयो । उसका लागि एएम गजानफरले ३७, कप्तान नसीर खान मारोफखिलले ३१, अरब गुलले २९ र हसन इसाखिलले २० रन बनाए । 

अफगानिस्तानलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि आकाश चन्दले सानदार बलिङ गरे । उनले ५ ओभरमा ३४ रन दिएर सर्वाधिक पाँच विकेट लिए । यस्तै, दीपेश कँडेलले दुई, सुवास भण्डारी, गुलशन झा र तिलक भण्डारीले एक/एक विकेट हात पारे । 

सुपर सिक्स पुग्नका लागि नेपाल–अफगानिस्तानका लागि आजको खेल महत्वपूर्ण छ । जारी विश्वकपमा दुवै टिम पहिलो जितको खोजीमा छन् । 
 





  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १६:५२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया