अफगानिस्तानविरुद्ध दबाबमा नेपाल, ओपनर रावल पनि सस्तैमा आउट

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले तीन विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रूपमा ओपनर विपिन रावललाई गुमाएको हो ।

उनी ८.१ ओभरमा खलील अहमदको बलमा २ रनमा एल्बीडब्लू धरापमा परे । त्यसअघि ६.३ ओभरमा अलराउन्डर गुलशन झा आउट भए । उनी ६.३ ओभरमा एक रनमा बोल्ड भएका हुन् । गुलशनलाई पनि खलील अहमदले आउट गरे ।  

नेपाल पहिलो विकेटको रूपमा अर्जुन कुमाललाई गुमाउन पुग्यो । उनी ४.२ ओभरमा १० रनमा फरिदुन दाउदजईको बलमा बोल्ड भए । त्यसअघि दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १ सय ४५ रनको अलआउट भयो ।

उसका लागि एएम गजानफरले ३७, कप्तान नसीर खान मारोफखिलले ३१, अरब गुलले २९ र हसन इसाखिलले २० रन बनाए । अफगानिस्तानलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि आकाश चन्दले सानदार बलिङ गरे । 

उनले ५ ओभरमा ३४ रन दिएर सर्वाधिक पाँच विकेट लिए । यस्तै, दीपेश कँडेलले दुई, तिलक भण्डारी, गुलशन झा र सुवास भण्डारीले एक/एक विकेट हात पारे । 

सुपर सिक्स पुग्नका लागि नेपाल–अफगानिस्तानका लागि आजको खेल महत्वपूर्ण छ । जारी विश्वकपमा दुवै टिम पहिलो जितको खोजीमा छन् । 





  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १७:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया