logo-img

कर्मचारीमाथि हातपात गर्ने प्रहरीलाई विमानस्थलबाट हटाइने

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीमाथि हातपात गर्ने प्रहरीलाई विमानस्थलबाट हटाउने भएको छ । 

विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीसँगको भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस्तो आश्वासन दिएका हुन् । कर्मचारीहरू आइतबार गुनासो लिएर गृहमन्त्रीलाई भेट्न गएका थिए । उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले हातपातमा उत्रिएका प्रहरी कर्मचारीलाई विमानस्थलबाट हटाउने आश्वासन दिएका हुन् ।

​गृहमन्त्रीसँगको भेटमा कर्मचारीहरूले आक्रमणमा संलग्न प्रहरीलाई कारबाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । कर्मचारीको चेतावनीपछि असई सञ्जय तामाङ र एक प्रहरी जवानलाई विमानस्थलबाट हटाउने तयारी गरिएको हो । 



कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानसहितका कर्मचारीमाथि कुटपिट भएको भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । 





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार २०:१०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया