नेपालका समस्या समाधान गर्ने दायित्व भारतको पनि छ : मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले देश आत्मनिर्भर नभएसम्म स्थायीत्वको विकास हुन नसक्ने बताएका छन् । सोमबार नेपाल–भारत मैत्री चिकित्सा सम्बन्धी तीन दिने शिविरको समापन कार्यक्रममा बोल्दै मन्त्री साउदले आत्मनिर्भर हुन सरकारले आर्थिक विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । 

उनले भने, ‘जबसम्म देश आफ्नो खुट्टामा उभिन सक्दैन अर्थात् आत्मनिर्भर हुन सक्दैन, मुलुकले विकासको गति लिन सक्दैन । भारत र नेपालबिच परनिर्भरता पनि त्यतिकै छ । मुलुकलाई आत्मनिर्भर बनाउन आर्थिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने हुन्छ ।’

भारत छिमेकी मित्रराष्ट्र भएको नाताले नेपालका समस्याहरू समाधान गर्ने दायित्व भारतको पनि रहेको उनको भनाई थियो । मन्त्री साउदले सन् २०१९ पछि पहिलो पटक नेपालमा १० लाख विदेशी पर्यटक भित्रिएको बताउँदै नेपालका पुरातात्त्विक सम्पदा र अन्य भौतिक पूर्वाधारको विकास गर्न सके लाखौँ भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने बताए । 

उनले भने, ‘हामीसँग प्रतिष्ठित तीर्थस्थलहरू छन् । ती तीर्थस्थलहरूको विकास गरे भारतीय पर्यटकहरूलाई भित्र्याउन सक्यौँ भने हाम्रो अर्थतन्त्र माथि उठ्न टेवा पुग्न सक्छ ।’कुनै बेला भारतले ठूलो आर्थिक चपेटाको सामना गरेको भन्दै धार्मिक र पर्यटन क्षेत्रको विकासका कारण विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भएको उल्लेख गरे । 





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १५:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया