आहा रारा गोल्ड कप : ६ पटकको विजेता पुलिससँग भिड्दै चर्च ब्वाइज
फाइल तस्बिर

आहा रारा पोखरा गोल्ड कपको २३औँ संस्करणमा आज हुने अन्तिम क्वाटरफाइनल खेलमा विभागीय नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब खेल्दै छन् । 

पुलिसले अर्को विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चर्च ब्वाइजले बाई पाएर क्वाटरफाइनलको यात्रा गरेका थिए । 

आहा रारा पोखरा गोल्ड कपमा चर्च ब्वाइज र पुलिस क्लब भिड्न लागेको यो दोस्रोपटक हो । गत वर्ष भएको २२ औँ संस्करणको खेलमा पुलिस क्लबलाई चर्च ब्वाइजले पराजित गरेर क्वाटरफाइनलमा प्रवेश गरेको थियो । 

पुलिसलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको थियो । पुलिस क्लब आहा रारा पोखरा गोल्ड कपका सुरुवातदेखि नै सहभागी हुँदै आएको टिम हो भने चर्च ब्वाइज गत २२ औँ संस्करणबाट भित्रिएको टिम हो ।

गत संस्करणमा चर्च ब्वाइजसँग पराजित भएको पुलिस क्लब आहा रारा पोखरा गोल्ड कपको उपाधि दाबेदार टोली हो ।  





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार ९:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया