लोकतान्त्रिक पद्धतिमा मात्र स्वतन्त्रताको रक्षा हुन्छ : देउवा
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने बताएका छन् ।

मंगलबार शहीद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाललाई लोकतन्त्रसम्म ल्याइपुर्‍याउन शहीदको योगदान रहेको बताएका छन् । उनले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने र यसबाट नै विद्यमान विसङ्गतिको अन्त्य हुने बताए ।

‘लोकतन्त्रको एउटा सबल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय, सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपूतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए,’ देउवाले भनेका छन् । 

उनले लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौं वीर सपूतले आफ्नो प्राणको आहुति दिएका भन्दै उनीहरूप्रति सम्मान र श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन् । 





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार ९:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया