logo-img

प्रधानमन्त्री कप क्रिकेट : अन्तिम खेलमा कोशी विजयी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै आफ्नो अपराजित यात्रा टुंग्याएको हो । 
    
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कोशीले अन्तिम खेलमा लुम्बिनीलाई पराजित गर्दै दुई अंकका साथ प्रतियोगिताको अन्त्य गरेको छ । कोशीले टस हारेपछि पहिला ब्याटिङ गर्दै ४४ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन बनायो । एक सय ७३ रनको विजयी लक्ष्य पच्छाएको लुम्बिनीको पारी ४६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रनमा समेटियो । 

लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३२ रनको योगदान दिए । त्यस्तै विराट भण्डारीले २८, समराट भुसालले २६ तथा कृष्ण कार्कीले २२ रन बनाए । यस्तै कप्तान सुशान्त थापा र निर्मल गुरुङले समान ११/११ रन जोडे । 
    
बलिङतर्फ कोशीका सुजन घिमिरेले तीन तथा अभ्यास तिमिल्सिना, कमल खत्री र समीर कार्कीले दुई/दुई विकेट लिए । 
    
त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४९ रनको योगदान दिए । त्यस्तै, सौजन घिमिरेले ४३, मिनास थापाले २५ तथा सोनु अन्सारीले १७ रन बनाए । 
    
बलिङतर्फ लुम्बिनीका नर सार्कीले चार विकेट लिए । यस्तै, वीर मगरले तीन तथा अभिशेक गौतमले दुई र कृष्ण कार्कीले एक विकेट लिए ।  







  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार १८:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया