logo-img

उत्तरी मेक्सिकोमा सवारी दुर्घटना : १९ को मृत्यु, १८ जना घाइते

उत्तरी मेक्सिकोमा यात्रुवाहक बस र कार्गो ट्रक एक आपसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । बसमा ३७ जना सवार थिए । 

राज्य सिभिल डिफेन्स अफिसका निर्देशक रोय नाभरेतेले बन्दरगाह सहर मजातलान नजिकैको इलोटा टाउनसिपमा मंगलबार दुर्घटना भएको बताए । घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको घटनास्थलबाट खिचिएका तस्बिरमा दुवै गाडी जलेको देखिएको छ । घातक सडक दुर्घटना मेक्सिकोमा सामान्यजस्तै बन्ने गरेको छ । 

तीव्र गति, खराब सवारीसाधनको अवस्था, वा चालक थकानको कारणले गर्दा  देशका राजमार्गमा मालवाहक ट्रकको दुर्घटना पनि बढेको छ ।  





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार ९:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया