logo-img

विश्व समुदायसँग सकारात्मक सम्बन्ध चाहन्छौँ : अफगानिस्तान

अफगानिस्तानको कामचलाउ सरकारका कार्यवाहक विदेशमन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तान विश्व समुदायसँग सकारात्मक र विभिन्न राष्ट्रहरूसँगको राम्रो सम्बन्धमा जोड दिएको बताएका छन् । 

अफगानिस्तानमा भएको क्षेत्रीय सम्मेलनको समापनपछि पत्रकार सम्मेलनमा मुत्ताकीले उक्त कुरा बताएका हुन् । उनले विश्व समुदायसँग आफूहरू सकारात्मक सम्बन्ध राख्न चाहेको बताए ।

अफगानिस्तान क्षेत्रीय सहयोग पहल शीर्षकको सम्मेलन अफगान कार्यवाहक सरकारले आयोजना गरेको थियो । सबै सहभागीहरूले शान्तिपूर्ण र प्रगतिशील अफगानिस्तान क्षेत्रको हितमा जोड दिएका थिए । 



सम्मेलनमा सहभागी सबैले मध्य एसियालाई दक्षिण एसियासँग जोड्न अफगानिस्तानको भूमिकामा जोड दिएको मुत्ताकीले बताए । ठूला विकास आयोजना कार्यान्वयनमा सहकार्य गर्न सहभागी सहमत भएको बताए ।  





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार १२:५५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया