आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा आर्मी र चर्चब्वाइज भिड्दै
चर्चब्वाइज युनाइटेड

पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेड भिड्दै छन् । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।

आजको खेल जित्ने टिमले शनिबार हुने २३ औं आहा–रारा पोखरा गोल्डकपको उपाधि भिडन्त खेल्नेछ । पहिलो सेमिफाइनलमा जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब बुधबारै फाइनल प्रवेश गरिसकेको छ । आहा–रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् ।

प्रतियोगितामा आर्मी अहिलेसम्म उपाधिविहीन छ भने गत वर्षबाट मात्रै प्रतियोगितामा समेटिएको चर्च ब्वाइज पहिलो वर्ष नै सेमिफाइनलसम्म खेलेको थियो । 

यसपटक आर्मीले भरत खवासको कप्तानीमा खेलाडी मैदान उतारेको छ । आर्मीको टिममा राष्ट्रिय टिमबाट खेलेका जिलेप्सीजंग कार्की, दिनेश हेन्जङ, विमल पाण्डे, विकेश कुथुलगायत छन् । 

चर्चब्वाइजको कप्तानी अनन्त तामाङले सम्हालिरहेका छन् । टिममा राष्ट्रिय टिमबाटै खेलिसकेका कमल श्रेष्ठ, नेपाल सुपर लिग (एनएसल)मा उत्कृष्ट प्रदर्शन गरेका रोहन कार्की, सन्तोष खत्री, सञ्जित राई, राजीव लोप्चन, कृपाकान्त चौधरी, समीर तामाङलगायत खेलाडी छन् । 

प्रतियोगितामा यो वर्ष दुई विदेशीसहित १२ टिम सहभागी थिए भने विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ जित्नेछन् । गत वर्ष संकटा क्लब काठमाडौंले उपाधि जितेको थियो ।





  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार ८:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया