रोकियो शाहरुख र सुहानाको फिल्म

बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ को बक्सअफिसमा आफ्नो स्टारडम देखाइसकेका छन् । उनी सन् २०२४ मा उनी कैयौं फिल्ममा जोडिने चर्चा चले पनि हालसम्म त्यो निश्चित हुन सकेको छैन ।

यही बीचमा शाहरुख खानले छोरी सुहाना खानसँग अभिनय गरेको एक फिल्मको काम रोकिएको खबर सार्वजनिक भएको छ । बेनामे यो फिल्ममा पहिलोपटक शाहरुखले छोरी सुहानासँग स्क्रिन शेयर गर्दै थिए ।

सुहानाले सन् २०२३ मा फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यो फिल्मपछि शाहरुख र सुहानाले अर्को एक बेनामे फिल्ममा सहकार्य गरेका थिए । तर अब त्यो फिल्मको काम रोकिएको छ ।

फिल्म निकट स्रोतका अनुसार शाहरुखले छोरी सुहानालाई आफूसँग अनुचित तुलना गरेको मनपराउँदैनन् । त्यहीकारण पनि यो फिल्मको काम रोकिएको स्रोतको दाबी छ ।

सुहाना र खुशी कपुरको अभिनय रहेको फिल्म ‘द आर्चिज’ दर्शकले खासै मनपराएनन् । यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिएको थियो ।





  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार ११:२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया