logo-img

त्रिभुवन विमानस्थलमा यात्रुको झोलाबाट पैसा चोरी गर्ने पक्राउ
फाइल तस्बिर

काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रुको झोलाबाट पैसा चोरी गरेको आरोपमा नेपाल वायुसेवा निगमका लोडर पक्राउ परेका छन् ।

याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार बुधबार पक्राउ परेका हुन् । 

याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिएपश्चात् सिसिटिभीसमेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शङ्कास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 



साथै, उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सयसमेत बरामद भएको छ । 





  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार १२:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया