एक महिनामा भित्रिए ७९ हजार पर्यटक, सबैभन्दा बढी भारतीय
फाइल तस्बिर

सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए ।

साथै चिनियाँ पर्यटक सात हजार २ सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट ४ हजार ६ सय १९ जना पर्यटक नेपाल आएका छन् ।

जनवरीमा दक्षिण कोरियाबाट ३ हजार ८ सय १२, बङ्गलादेशबाट ३ हजार ६ सय २९, अस्ट्रेलियाबाट ३ हजार ४ सय २१, बेलायतबाट ३ हजार दुई सय ७६, भुटानबाट २ हजार २ सय २९ र जापानबाट एक हजार ५ सय ६८ जना विदेशी पर्यटक नेपाल आएका छन् । रासस 





  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार १४:३१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया