नेप्सेमा उच्च अंकको गिरावट

सेयर बजार परिसूचक नेप्सेमा आज उच्च अंकको गिरावट आएको छ । 
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डेक्स १.२४ प्रतिशतले घटेर ३७३.९३ विन्दुमा झरेको छ । 

आज फाइनान्सबाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक २.३५ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत, माइक्रोफाइनान्स समूह १.४७ प्रतिशत र इन्भेस्टमेन्ट समूहको उपसूचक १.२९ प्रतिशतले घटेको छ । 

बैंकिङ समूह १ प्रतिशभन्दा धेरैले घटेको छ । नेप्सेका अन्य परिसूचक ऋणात्मक रहे पनि फाइनान्स समूह भने ०.२१ प्रतिशतले बढेको छ । 
 
आज एक करोड १५ लाख १४ हजार कित्ता सेयर चार अर्ब १८ करोड ६ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स अगाडि रह्यो । उक्त कम्पनीको ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयर कारोबारमा प्रति कित्ता अन्तिम मूल्य ६ सय ९५ रुपैयाँ १० पैसा रहेको छ ।
 
यस्तै दोस्रो स्थानमा रहेको ज्ञादी ग्रुप अफ पावरको १४ करोड ९१ लाख र नेपाल रिइन्स्योरेन्सको १४ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये १९ वटाको सेयर मूल्यमा बढोत्तरी छ भने २ सय २६ वटाको घटेको छ । एउटा कम्पनीको मात्रै सेयर मूल्य स्थिर रह्यो ।
 





  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार १६:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया