शुक्रबारदेखि शिल्पीमा ‘गंगालाल’

शिल्पी थिएटर बत्तीसपुतलीमा शुक्रबारदेखि माघ २९ गतेसम्म सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक ‘गंगालाल’ मञ्चन हुने भएको छ । 

गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो । नाटकमा सहिद गंगालाललाई क्रान्तिकारीमात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए । 

विक्रम संवत् १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनाहरुलाई आधार मानी नाटकको कल्पना गरिएको उनले जानकारी दिए ।

नाटकमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिनेछन् । सहिद दिवसको सन्दर्भ पारेर मञ्चन गर्न लागिएको नाटक बुधबार गत राष्ट्रिय नाँचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो ।

नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दिप डंगोल, प्रदिपकुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमुएडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन् । 

ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा संगीत डिजाइन उत्सव बुढाथोकीले गरेका छन् भने साउण्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गरेका छन् । नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन् ।



निर्देशक चे शंकरका अनुसार शनिबार १ बजे पनि मञ्चन हुने नाटक स्कूलका बालबालिका र शैक्षिक संस्थाहरुले अनुरोध गरेमा भिन्न–भिन्न समयमा पनि मञ्चन हुनेछ । निर्देशक चे शंकरले यसअघि ‘कोही किन बर्बाद होस्’, ‘म्याड म्यान्स डायरी’, ‘लुक ब्याक इन एंगर’, ‘सेम टाइम नेक्स्ट इयर’, ‘उलार’ नाटक निर्देशन गरिसकेका छन् ।



  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार ८:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया