प्रधानमन्त्री कप : उपाधिको लागि पुलिस र आर्मीको प्रतिस्पर्धा आज

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ । 

छैटौं संस्करणको फाइनल खेल आज बिहान ९ : १५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । पुलिस र आर्मीले उपाधिका लागि आमने सामने हुनेछन् । 

अपराजित पुलिसले लिगका सबै ९ खेल जितेर शीर्ष स्थानमा रहँदा ९ खेल खेलेको आर्मीले ७ खेलमा जित र २ मा हारसहित दोस्रो स्थानमा छ । 

पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले खेलको कप्तानी गर्नेछन् । आर्मीका कप्तान विनोदले यस प्रतियोगितामा आफ्नो दुई शतक पुरा गरिसकेका छन् । 

२०१७ को प्रधानमन्त्री कप फाइनलमा वर्षाको कारण पूरा खेल हुन नसकेपछि यी दुवै टोलीले अंक बाँडेका थिए । २०१९ मा पुलिस र २०२१ मा आर्मीले उपाधि जितेका थिए । सबै ६ संस्करणमा फाइनल खेल्ने आर्मी एक्लो टोली पनि हो । 

प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार तथा उदीयमान खेलाडीले १० हजार रुपैयाँ पाउने व्यवस्था छ । 
 





  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार ८:६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया