आहारारा पोखरा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी प्रतिस्पर्धा गर्दै

पोखरामा जारी आहारारा पोखरा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । २३औं संस्करणको अन्तिम खेल आज दिउँसो २ बजे पोखरा रंगशालामा सुरु हुनेछ ।

थ्रीस्टार क्लब सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १–० र विभागीय टिम नेपाल आमीर्ले सेमिफाइनलमा चर्च ब्वाइजलाई २–१ ले पराजित गरेर फाइनल पुगेका थिए । 

उपाधि चुम्ने दौडमा रहेका दुवै टोली यसअघिको आहारारामा २०७५ सालमासँगै भिडेका थिए । उक्त खेलमा आर्मीलाई ट्राइबे्रकरमा ५–४ ले रोक्दै थ्रीस्टारले उपाधि चुमेको थियो । 
त्यसयता आहाराराको फाइनलसम्म पुग्न नसकेका दुवै टिम २३औं संस्करणको  उपाधि भिडन्तमा छन् । 

आहाराराको इतिहासमा थ्रीस्टार ६ पटक सहभागी हुँदा ५ पटक आहाराराको उपाधि जित्ने टिम हो । १५ औं खेलमा सहभागिता जनाएको नेपाल आर्मीले भने उपाधि चुम्न सकेको छैन । यसअघि ४ पटक फाइनल पुगेर पनि आर्मी उपविजेतामै सीमित बन्नुपरेको थियो ।

आहारारामा मनाङमर्स्याङ्दी र नेपाल पुलिस क्लबल सर्वाधिक ६/६ पटकका उपाधि विजेता टोली हुन् । आजको खेलमा थ्रीस्टार उपाधि जितेर मनाङमर्स्याङ्दी र नेपाल पुलिस क्लबलसँगै हुन चाहन्छ । 

यता आर्मी पनि आफ्नो उपाधि हारको यात्रालाई रोक्न चाहन्छ । यी दुवै टोलीबीचको खेल रोचक हुने दर्शकको अपेक्षा छ ।  





  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार ९:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया