logo-img

रास्वपा राजावादी पार्टी होइन, राजा चाहिन्छ भन्नेहरू यसमा अटाउँदैनन् : स्वर्णिम वाग्ले
‘रास्वपा संघीयताविरोधी पार्टी होइन, तर देशलाई भार पर्ने संरचना आवश्यक छैन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा राजावादी पार्टी नभएको बताउँदै राजा चाहिन्छ भन्नेहरू पार्टीमा रहन नसक्ने बताएका छन् । रास्वपा व्यास नगर समितिको आज दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले रास्वपा संघीयताविरोधी पार्टी नभएको पनि बताए । 

संघीयताप्रति पार्टीको स्पष्ट धारणा रहेको बताउँदै उनले रास्वपा संघीयताविरोधी पार्टी नरहेको बताए । नेपाललाई भार पार्ने खालको संरचना भने आवश्यक नरहेको उनको भनाइ थियो । 

कांग्रेसलाई कम्युनिष्ट बन्न गाह्रो र कम्युनिष्टलाई कांग्रेस बन्न गाह्रो हुने भन्दै वाग्लेले रास्वपामा भने सबै अट्ने दाबी गरे। उनले भने, ‘सबै नेपाली अटाउन सक्ने पार्टी भनेको रास्वपा हो । नेपाली माटो सुहाउँदो पार्टीको छ ।’ 



पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने बताउँदै डा. वाग्लेले अनुशासन र विधिमा टेकेर पार्टीमा नेतृत्व छान्नुपर्ने बताए । 

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रहेका उनले राजनीतिक दलभित्र गुटबन्दी, नेताको चाकरी गर्ने प्रवृत्ति हुने र रास्वपामा पनि त्यस्तो प्रयास हुनसक्नेमा आफूहरू सचेत रहेको बताए । पार्टीमा गुट बनाउने, नेताको नजिक हुन खोज्ने प्रवृत्ति भएकाले त्यस्ता प्रवृत्तिलाई रास्वपाले प्राथमिकता नदिने वाग्लेको भनाइ थियो । 

भ्रष्टाचार, विकृति र कुशासन भित्र्याउन खोज्ने तत्वविरुद्ध सचेत हुँदै त्यस्ता तत्वलाई हटाउन निर्मम बनिने उल्लेख गरे । पार्टीमा देशैभर सर्वसाधारण जनताको आकर्षण बढेको बताउँदै उनले आगामी चुनावमा रास्वपाको लहर आउने वाग्लेले दाबी गरे ।



डा. वाग्लेले पार्टीका १९ जना सांसद ४९ वर्षभन्दा कम उमेर समूहका रहेको बताउँदै उनले रास्वपाले अझै २० वर्षका लागि नेतृत्व तयार गरिसकेको बताए । पाका नेताहरूलाई समेत पार्टीमा उचित जिम्मेवारी दिइने उनको भनाइ थियो । 



  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार १९:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया