टौमढीमा ५० मिनेटको ५० वटा धिमे बोली

भक्तपुरको टौमढीमा शनिबार साँंझ पहिलोपटक बोली प्रदर्शन भएको छ । ५० मिनेटको, ५० वटा धिमे बोली, ५० जना कलाकारले ५० स्टेप नाँच र ५० वटा धाँ बाजाको बोली प्रर्दशनी भएको हो । भक्तपुर नगरपालिका वडा नं ८ लिवानीस्थित निओ फ्युजन बाजा समूह र भनपा ७ इनाचोस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटको संयुक्त आयोजनामा प्रदशनी भएको हो ।

निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटका संस्थापक बालकृष्ण बनमालाले हाम्रो संस्कृतिक बाजागाजालाई चाडपर्व, ब्रतबन्ध, राजनीतिक सभा वा कार्यक्रमको उदघाटनमा मात्रा प्रस्तुत गर्ने प्रचलन चिर्न यो कार्यक्रमको आयोजना गरेको बताए । 

यसबाहेक पनि हाम्रो बाजाको प्रस्तुति दिन सकिन्छ, उनले भने । हाम्रो पुराना बाजागाजा घर, टोल, पाटी र चाडपर्वमा मात्र बजाउने भएर लोप हुँदै गएको उनको बुझाइ छ । बाजा चाडपर्व वा कुनै कार्यक्रम उदघाटन गर्नको लागि मात्र नभएको उनी सुनाउँछन् । यसलाई समय–समयमा यसरी प्रर्दशनी गर्नुपर्ने उनको विशेष जोड छ । यसलाइ प्रर्दशनी गर्न जात्रा, चाडपर्व कुर्न नपर्ने उनको जिकिर छ ।

निओ फ्युजन बाजा समूहका अध्यक्ष सबिन लेबाले बाजा प्रशिक्षार्थीलाई आफूले सिकेको बाजागाजा प्रस्तुत गर्ने अवसर निरन्तर भइराख्नुपर्नेमा जोड दिए । यसो भए मात्रै सिकेको सीपलाई दीर्घकालसम्म सम्झिरहने उनको भनाइ छ । यसले एकातिर सीप प्रस्तुत हुने र अर्कोतिर बाजा बजाउन विसर्ने समस्या नहुने भनाइ राखे । 



यसअघि टौमढीमा प्रदर्शन गर्नुअघि बाजा खलहरु बाजागाजामा लिवालीदेखि टौमढीसम्म रयाली गरेर टौमढी पुगेको थियो । र्यालीमा सयौँ बाजागाजा प्रेमीको सहभागिता रहेको थियो ।



 

 

  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार २०:१२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया