वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका धेरै ठाउँमा मौसम परिवर्तनको सम्भावना छ । 

उक्त प्रणालीको प्रभावका कारण आइतबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा वाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हलुकादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाद्वारा शनिबार दिउँसो जारी बुलेटिनका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरु, वाग्मती र कोशी प्रदेशका पहाडी भू–भागका केही ठाउँहरूसँगै तथा विभिन्न जिल्लाका एक– दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । 

सोमबार साँझबाट भने मौसममा क्रमशः सुधार हुँदै जाने पूर्वानुमान छ । उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना छ । 

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले सूचित गरेको छ ।





  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार २२:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया