logo-img

साफ यू–१९ मा आज भारतसँग भिड्दै नेपाल, फाइनल पुग्न जित्नैपर्ने दबाब
फाइल तस्बिर

बंगलादेशको ढाकामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले लिगको आफ्नो अन्तिम खेलमा आज भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।    

शीर्ष दुईमा रहेर फाइनल खेल्न नेपालले आज भारतविरुद्ध जित निकाल्नैपर्ने समीकरण बनेको छ । यदि आज पराजित भए नेपाल फाइनल दौडबाट बाहिरिनेछ । बंगलादेश भने फाइनल पुगिसकेको छ ।  

चार टोली सहभागी प्रतियोगितामा आयोजक बंगलादेश दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र भारतको दुई खेलबाटै समान तीन अंक छ । लगातार दुई हार बेहोरेको भुटान अंकविहीन छ । उसको फाइनल सम्भावना समाप्त भइसकेको छ ।   

भारत आज नेपालविरुद्ध बराबरी खेले पनि फाइनल पुग्नेछ । जारी साफको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई १–० ले हराएको थियो ।  

सिंगल राउन्ड रोविनका आधारमा भइरहेको च्याम्पियनसिपमा लिग चरणका खेलपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । 





  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार ११:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया