संघीय संसद्को महासचिवमा पाण्डेय नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पद्मप्रसाद पाण्डेयलाई संघीय संसद्को महासचिवमा नियुक्त गरेका छन् । प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा राष्ट्रपतिले पाण्डेयलाई संघीय संसद्को महासचिवमा नियुक्त गरेका हुन् । 

पाण्डेयलाई सभामुखले यसअघि संघीय संसद्काे कार्यवाहक महासचिवकाे जिम्मेवारी दिएका थिए । उनले संसद् सेवाको कार्यवाहक महासचिवको हैसियतले दिएको राजीनामा आजै राष्ट्रपति पौडेलबाट स्वीकृत भएको थियो ।
     
नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दीकोट गाउँपालिका ९१, पाल्पा निवासी पाण्डेयलाई आजैदेखि लागू हुने गरी नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

पाण्डेयले यसअघि संसद् सचिवालयको सचिव र न्याय सेवा विशिष्ट श्रेणीको पदाधिकारीका रूपमा राष्ट्रसेवा गरेका छन् । 





  • प्रकाशित मिति : माघ २३, २०८० मंगलबार १८:२९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया