प्रक्रिया पूरा भएका कम्पनीका आइपिओ निष्कासन गर्न नरोकियोस् : चन्द्र ढकाल
फाइल तस्बिर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपिओ निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन् ।  

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले करिब २५ देखि ३० वटासम्म कम्पनी नियमित आइपिओमा लैजानका लागि लाइनमा रहेको भए पनि केही महिनायता रोकिएको बताए ।

ढकालले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपिओ निष्कासन गर्न दिनुपर्ने बताए । उनले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपिओ निष्कासन रोक्नु नहुने बताए ।

अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसाबले सन्देश गइरहेको कुराले आम सर्वसाधारणलाई अन्योल सिर्जना गरेको बताए । उनले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको बताए । 

नेपालमा लगानी गर्ने वतावरणमा विशेष ध्यान दिन आवश्यक रहेको पनि बताए ।  





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार १०:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया