वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च
प्रतीकात्मक तस्वीर

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये चितवन पहिलो रहेको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यस वर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । 

श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताए ।

‘चितवनबाट उच्च शिक्षाका लागि अस्ट्रेलिया, अमेरिया, बेलायतलगायतका यूरोपका देशमा जानेको सङ्ख्या बढी छ । विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो’, उनले भने, ‘भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार ५ सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् ।’  

आर्थिक वर्ष २०७९/२०८० मा नेपालबाट ७ लाख ७१ हजार ३ सय २७ जनाले श्रम स्वीकृत लिएको श्रम तथा रोजगार विभागको तथ्याङ्कमा रहेको छ । यसमध्ये बागमती प्रदेशबाट मात्रै १ लाख १६ हजार नौ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा चितवन जिल्लाबाट सबैभन्दा धेरै १५ हजार ८ सय २३ जना छन् ।

धनुषापछि सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने जिल्लामा चितवन रहेको संयोजक पौडेलले जानकारी दिए । यहाँबाट अघिल्लो आवमा १ हजार १ सय ६१ जनाले राहदानी बनाएका थिए ।  

चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ६ हजार पाँच सय ६१ जनाले श्रम स्वीकृत लिएका छन् । त्यस्तै, माडी नगरपालिकाबाट २ हजार एक सय २७, इच्छाकामना गाउँपालिकाबाट १ हजार आठ, रत्ननगर नगरपालिकाबाट एक हजार चार सय ७१, कालिका नगरपालिकाबाट १ हजार ६ सय ७९, खैरहनी नगरपालिकाबाट एक हजार छ सय आठ र राप्ती नगरपालिकाबाट एक हजार दुई सय ९१ जनाले श्रम स्वीकृत लिएका छन् । 



वैदेशिक रोजगारीका क्रममा चितवनमा ठगिनेसमस्या रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा चालू आवमा १ सय ३६ निवेदन परेका थिए । त्यसमध्ये ६० प्रतिशत मानिसको विचौलियाले पैसा उठाएर भागेको निवेदन परेको थियो । स्वदेशमै रोजगारी सिर्जना गर्नका भरतपुर महानगरपालिका लागिपरेको उपप्रमुख चित्रसेन अधिकारीले बताए । रासस 



  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार ८:०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया