logo-img

अर्थमन्त्री महतको दाबी : विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक छन्
फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा उनले विगतमा विदेशी लगानीकर्ता नेपाल आफैं सम्पर्कम जाँदा समेत उदासिन हुने गरेको भएपनि अहिले लगानी गर्न आफैं खोज्दै आइरहेको बताए । 

अर्थमन्त्री महतले विदेशी लगानीकर्ताहरु इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए । उनले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन आग्रह गरे । उनले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताए ।  

अर्थमन्त्री महतले सो सम्मेलन नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने बताए । उनले सो सम्मेलनमा ९२ देशका प्रतिनिधि, वर्ल्ड बैंकका प्रमुखको उपस्थिति हुने बताए । लगानी सम्मेलनलाई सफल बनाउनसके सो सम्मेलनमा फाइदा हुने बताए । उनले सुरुवातामा कर र कण्डिसनलाई केही सहज बनाएर लगानी गर्न दिनुपर्ने बताए ।  

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले लगानी सम्मेलनलाई सहज बनाउन लगानी सम्मेलनका लागि केही नेपाल ऐन संशोधन भनेर अघि बढाइ संसदबाट पास गर्नुपर्ने बताए । उनले लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकका रूपमा अघि बढाउनसके लगानी सम्मेलनमा सहजता आउने बताए ।  

बैठकमा निर्देशक समिति बैठकको निर्णय कार्यान्वयन प्रगति सम्बन्धमा भएका कामकारबाहीको बारेमा जानकारी गराइएको थियो । 





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १२:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया