मानसिक रोग नेपालमा चुनौती बन्दै छ, सयमा १० जना रोगी फेला पर्न थाले : मन्त्री बस्नेत
फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताएका छन् । बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए । मन्त्री बस्नेतले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताए । उनले सेवा बिस्तारका लागि मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको बताए । मन्त्री बस्नेतले मानसिक रोगी किन बढी रहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताए । 

उनले भने, ‘मानसिक रोगको बारेमा हामीले कुरा गर्दा, नेपालमा सयमा १० जना मानसिक रोगी फेला पर्न थालेको छ । यो अवस्थामा हामी सबैलाई चुनौती नै भइसकेको मानसिक रोग । बच्चाहरूमा पनि त्यस्तै अवस्था सुरु भएको छ । यही सन्दर्भमा ३७ वर्ष पहिलादेखि बालबालिकाको हक अधिकारका लागि लड्दै आएको सिभी नेपालले पाटन मानसिक अस्पतालसँग सहकार्य गरेर अरु सहभागीहरूलाई जुटाएर जुन किसिमले किशोरकिशोरीहरुलाई मानसिक रोगको उपचार गर्ने युनिट बनाउनुभएको छ । यो प्रशंसा गरेर मात्रै पुग्दैन । यो सेवा बिस्तार साथै प्रदेशमा सम्भव भएसम्म बिस्तार गर्न सरकारले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

मन्त्री बस्नेतले मानसिक रोगको निवारणका लागि आवश्यक परे कानुन समेत बनाएर अघि बढ्नुपर्ने बताए ।  





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १३:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया