‘लाल सलाम’ मा रजनीकान्तले ४० मिनेटको दृश्यका लागि लिए ४० करोड पारिश्रमिक

फिल्म ‘जेलर’को सफलतापछि बलिउड सुपरस्टार रजनीकान्त पुनः एकपटक फ्यानलाई मनोरन्जन गर्न थिएटरमा पुगेका छन् । ७३ वर्षको उमेरमा पनि ‘थलाइवा’को जादु दर्शकका लागि प्रतिक्षा बनिरहन्छ । उनी नयाँ फिल्म ‘लाल सलाम’का साथ शुक्रबारबाट थिएटरमा पुगेका छन् ।

यो फिल्म हेर्न दर्शकको उपस्थिति उल्लेख्य छ । दर्शकले फिल्मलाई पूर्ण नम्बर लिएर तारिफ गरिरहेका छन् । यतिबेला फिल्म वृत्तमा फिल्मको चर्चा सँगै रजनीकान्तको पारिश्रमिकको चर्चा पनि व्यापक छ । समाचार अनुसार रजनीकान्तले यो फिल्मका लागि प्रति मिनेट १ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् । फिल्ममा उनको ‘एक्सटेन्डेड केमियो’ छ ।

रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशनमा बनेको यो फिल्ममा रजनीकान्तको ४० मिनेट ‘एक्सटेन्डेड केमियो’ छ । यो हिसाबले उनले फिल्ममा केमियो भूमिकाकै लागि ४० करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।

रजनीकान्त बलिउडका टप पेड एक्टर हुन् । उनी एक फिल्मका लागि १ सय करोड देखि १ सय ५० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन् । उनले लोकेश कनगराजको नयाँ फिल्मका लागि २ सय ५० करोड पारिश्रमिक लिने तयारी गरिरहेका छन् । 

रजनीकान्तले फिल्म ‘जेलर’को सफलतापछि पारिश्रमिक बढाएको बलिउड वृत्तमा चर्चा छ ।
 





  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार १५:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया