प्रदेशको पुनः नामकरण गर्न राजनीतिक वातावरण बनाउन कोशी सरकार सहमत

कोशी प्रदेश सरकार प्रदेशको पुनः नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सहमत भएको छ ।

सरकारी वार्ता समिति र पहिचान पक्षधर वार्ता समितिबीच प्रदेशको पुनः नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउने लगायतको पाँच बुँदे सहमति भएको हो । 

शुक्रबार विराटनगरस्थित एक होटलमा गरिएको सहमतिमा पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिई शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनको क्रममा भएका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने उल्लेख गरिएको सरकारी वार्ता समितिका संयोजक समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले जानकारी दिए ।  

यता पहिचान पक्षधर वार्ता समितिका संयोजक डगेन्द्रसिङ थेगिमले आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएकालाई सरकारले उचित क्षतिपूर्ति दिने र त्यस क्रममा लगाइएका झुटा मुद्दा सरकारले फिर्ता लिने विषयमा पनि छलफल गरिएको बताए ।   





  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार १६:५०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया