क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

क्यानडासँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले जितको लागि २८६ रनको लक्ष्य पाएको छ । क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको हो । 

क्यानडाले राम्रो सुरुवात गरेपछि नेपाली बलरलाई ओपनर द्वय आरोन जोन्सन र नवनित धलिवलको साझेदारी तोड्न ९४ रन खर्चनु परेको थियो । ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए । 

पहिलो विकेट गुमाउँदा क्यानडाका लागि यी दुईले ९४ रन जोडेका थिए । १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपालका लागि पहिलो विकेट दिलाएका थिए । त्यसपछि खेलको ३५ ओभरको समाप्तिमा आइपुग्दा क्यानडाले ५ विकेट गुमायो । 

२३ औं ओभरमा जोन्सन रनआउट भए । ६२ बलमा १० चौका र २ छक्कासहित ६५ रनमा खेल्दा उनी भीम सार्कीको थ्रोमा रनआउट भएका थिए । त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गरे ।

कप्तान रोहितले एकै ओभरमा दुई जनालाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए । त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए ।

३५ औं ओभरमा सूर्य  तामाङले हर्ष ठाकरलाई ३ रनमा आउट गराए । सातौं नम्बरका ब्याटर श्रेयश मोभ्भा र दशौं नम्बरका उदय भागवानले ९ औं विकेटका लागि ४४ रनको साझेदारी गरे । ४० रन बनाएका मोभ्भा अन्तिम बलमा आउट हुँदा भागवन २० रनमा नट आउट रहे ।



नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २/२ विकेट लिए । यस्तै, आकाश चन्द, सूर्य तामाङ ,पवन सर्राफ र सोमपाल कामीले समान १ विकेटक लिए । नेपाली टोलीमा ३ खेलाडी परिवर्तन गरेको नेपालले आकाश चन्दलाई डेब्यु गराएको थियो । । चन्दले १९ औं ओभरमा धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता मात्र दिलाइनन् आफ्नो करिअरको डेब्यू विकेट पनि लिए । 
 



  • प्रकाशित मिति : माघ २७, २०८० शनिबार १३:१८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया