जोर्डनलाई हराउँदै कतारले दोस्रोपटक जित्यो एसियन कपको उपाधि

कतारले लगातार दोस्रोपटक एएफसी एसियन कपको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३–१  हराउँदै कतारले लगातार दोस्रोपटक उपाधि जितेको हो ।  

कतारको जितमा अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टीमार्फत गरेका हुन् । साथै, अफिफले प्रतियोगिताका सर्वाधिधक गोलकर्तासमेत बने । उनले यस संस्करणको एसियन कपमा सर्वाधिक ८ गोेल गरे ।  

कतारले खेलको २२औं मिनेटमा अग्रता लिएको थियो । अफिफ पेनाल्टीमार्फत गोल गर्दै कतारलाई सुरुवाती अग्रता दिलाएका थिए । ६७औं मिनेटमा जोर्डनले बराबरी गोल फर्कायो । उसका लागि यजान अल-नैमातले गोल गरे । तरे, कतारले ७२औं मिनेटमा पेनाल्टीमार्फत २–१ को अग्रता लियो ।  

कतारले तेस्रो गोल इन्जुरी समयको पाँचौं मिनेटमा गर्दै उपाधि रक्षा गर्‍यो । कतारले यसअघि २०१९ मा जापानलाई ३–१ ले हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार ७:७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया