एसिसी प्रिमियर कप : लगातार दोस्रो जितको खोजीमा नेपाल, आज पनि उत्कृष्ट सुरुवात
फाइल तस्बिर

मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले भुटानविरुद्ध खेलिरहेको छ । खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।   

नेपालले आजको खेलमा पनि राम्रो सुरुवात गरेको छ । १० ओभरको खेल सकिँदा नेपालले २३ रन मात्र दिएर एक विकेट लिएको छ । नेपाललाई पहिलो सफलता कविता कुँवरले दिलाइन् । उनले यश छोडेनलाई एक रनमा बोल्ड गरेकी हुन् । 

नेपालले पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेटले हराउँदै सानदार सुरुवात गरेको थियो । जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कप खेल पाउनेछन् । 

त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् । समूह ‘डी’ मा नेपाल र भुटानसहित, हङकङ र माल्दिभ्स पनि रहेका छन् । 





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार ७:४७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया